भाइटीकाको उत्तम साइत बिहीबार बिहान ११ः३९ बजे

Spread the love

यस वर्षको भाइटीकाको उत्तम साइत बिहीबार बिहान ११ः३९ बजे रहेको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. देवमणि भट्टराईका अनुसार, “बिहीबार मध्याह्नकालमा टीका लगाउन कुनै बाधा छैन, तर साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला, अभिजित् योगविजय मुहूर्तको शुभ समय उपयुक्त मानिएको छ।”

यस वर्ष शनिबार धन त्रयोदशी (धनतेरस) परेको थियो भने आइतबार काग तिहार मनाइयो।
सोमबार बिहान नरक स्नान र कुकुर तिहार, साथै साँझमा लक्ष्मीपूजा मनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *